कांग्रेसको चेतावनी: डा.केसीसँग वार्ता नगर्ने सरकारको नीति अत्यन्तै महँगो पर्नसक्छ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २१, बुधबार (४ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २१,काठमाडौँ । नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीसँग वार्ता नगर्ने सरकारको नीति अत्यन्तै महँगो पर्न सक्ने चेतावनी दिएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत डाक्टर केसीको जीवन रक्षाको लागि पहल नगर्ने सरकारी नीति महँगो पर्ने चेतावनी दिएका छन् ।

‘डाक्टर केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ । वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू । हेक्का रहोस्, लोकतन्त्र भर्सेस ‘कम्युनिस्टतन्त्र’ मा अन्ततः जित लोकतन्त्रकै हुनेछ । डा. केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्’, विज्ञप्तिमा भनिएको छ ।

 

अनशन बसेको २४ दिनसम्म वार्ता समिति सम्म गठन नगरेको भन्दै कांग्रेसले भनेको छ, ‘कुनै बेला कमरेड प्रचण्डहरुको बन्दुकको विद्रोहलाई कटु आलोचना गर्नुहुन्थ्यो, त्यो स्वभाविक थियो, अब अनशन जस्तो शान्तिपूर्ण सत्याग्रहलाई समेत सुन्न अस्वीकार्य गर्दै हुनुहुन्छ । खुला ढङ्गले के यो सन्देश दिन चाहनुभएको हो कि लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुमा फरक हुन्छ ?’

नेपाली कांग्रेसको पालामा डा। केसी अनशन बस्दा, वार्ता गरिए, कैयौँ माग पूरा भएको दाबी गर्दै कांग्रेसले सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर होस् या शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर होस्, संवादमार्फत उहाँका माग पूरा गरिएको जनाएको छ । तर पहिल्यै पूरा भएका माग पनि प्रधानमन्त्री ओलीले एकातर्फी रुपमा उल्टाएको पनि कांग्रेसको आरोप छ ।

सत्याग्रहीलाई दुर्व्यवहारदेखि, सत्ताको अहङ्कारसम्मले कम्युनिस्टतन्त्रको मनोविज्ञानलाई मात्रै पुष्टि गरेको विज्ञप्तिमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस