नेकपा एकता प्रक्रिया हप्ता दिनभित्रै टुंग्याउने ! यस्तो छ सहमती

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २२, बिहिबार (४ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

असोज २२,काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बाँकी एकता प्रक्रिया हप्ता दिनभित्रै टुंग्याउने गरी गृहकार्य गर्न नेताहरु सहमत भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार दुई अध्यक्ष र महासचिवबीच लामो समय चलेको छलफलमा हप्ता दिनभित्रै एकताको बाँकी काम टुंग्याउने सहमति जुटेको हो ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव बिष्णुप्रसाद पौडेल बीच बालुवाटारमा साढे तीन घण्टा बढी छलफल चलेको थियो । छलफलमा स्थायी कमिटी बैठकको म्याण्डेटअनुसार, एकता प्रक्रिया टुंग्याउने नेताहरु सहमत भएका छन् ।

पार्टी एकताको बाँकी काम असोजभित्रै टुंग्याउने स्थायी कमिटी बैठकले निर्णय गरेपछि मस्यौदा तयार पार्न असोज ६ मा बसेको सचिवालय बैठकले दुई अध्यक्ष र महासचिवलाई जिम्मा दिएको थियो । ‘असोजभित्रै एकताको बाँकी काम टुंग्याउन त्यसैअनुसार गृहकार्य गर्नेगरी छलफल सकियो’, बैठक स्रोतले भन्यो । स्रोतका अनुसार, अब लगातार एकताको बाँकी काम टुंग्याउन छलफल हुनेछ ।

‘दुई अध्यक्ष अरु नै विषयमा व्यस्त भएकाले स्थायी कमिटी र सचिवालयको म्याण्डेटअनुसार काम हुन सकेको थिएन । तर, अब एकताको प्रक्रिया यो हप्ताभित्रै टुंगिन्छ’, एक सचिवालय सदस्यले भने ।

अध्यक्षद्धयको बैठकमा आम चासको विषय रहेको मन्त्रिपरिषद् पुनर्गठनको विषयले प्रवेश नै पाएन ।

ताजा अपडेट

खोजी गर्नुहोस