परसोतीपुरमा निर्माण सम्पन्न ढलान सड़क तथा नालाको सांसद यादवले गरे समुद्घाटन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ आश्विन २३, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

दिपू बर्णवाल
असोज २३, बीरगंज । वीरगंज महानगरपालिका वडा नम्बर ३० को परसोतीपुरमा निर्माण सम्पन्न ढलान सड़क तथा नालाको सांसद प्रदिप यादवले समुद्घाटन गरेका छन । स्थानीय पूर्वाधार विकास कार्यक्रम संसदीय निर्वाचन क्षेत्र न।१ पर्साको बिकास कोष तथा विरगंज महानगरपालिका को साझेदारी मा ४० लाखको लागतमा निर्माण सम्पन्न सड़क तथा नालाको आज एक कार्यक्रम का विच सांसद यादवले समुदघाटन गरेका हुन ।

समुद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै सांसद यादवले पञ्चायत काल देखी अहिले सम्म यो सड़कमा ढलान बाटो नबनेको बताउदै आफुले यस क्षेत्रको विकास को लागी जनता को जनचाहना अनुरुप विकास कार्यहरू अगाडी बढाएको बताउनु भयो । अगामी दिनहरूमा पनि यस वडाको विकासको लागी नया योजनाहरू बनाएर बिकास कार्यलाई निरन्तरता दिईने बताए । कार्यक्रम मा प्रदेश सांसद जन्नत अंसारी लगाएत स्थानीय नेता तथा कार्यकर्ता हरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस