असोज २८, काठमाडौ । जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेको छ । प्रशासनले एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नआएसम्मका लागि भोलिदेखि लागु हुने गरि सेवाहरु बन्द गरिएको बताएको छ ।