बामदेव गौतमबिरुद्धको मुद्दा स्थगित, दसैँ अगाडी हुने सम्भावना कम

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ आश्विन २८, बुधबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज २८, काठमाडौ । राष्ट्रिय सभा सदस्यमा मनोनीत नेकपाका उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको निरुपण अनिश्चित बनेको छ । न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले बुधबार पनि संवैधानिक इजलास स्थगित भयो । अब घटनास्थापनाअघि पर्सि शुक्रबार मात्रै संवैधानिक इजलास तोकिने दिन हो ।

तर फैलँदो कोरोना संक्रमणका कारण अधिकांश न्यायाधीश क्वारेन्टाइन र केही आइलोसेलनमा रहेकाले हरेक दिन २,३ जना न्यायाधीशले मात्रै सर्वोच्चमा सुनुवाइ गरिरहेका छन् । बुधबार चार न्यायाधीश उपस्थित भएकोमा एउटा संयुक्त र दुईवटा एकल इजलास मात्रै गठन भएका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस