असोज २८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा सदस्य सानु सिवा पहाडीको निधनप्रति दुख व्यक्त गरेका छन् । सांसद पहाडीको उपचारको क्रममा काठमाडौंको केएमसी अस्पतालमा ५८ वर्षको उमेरमा निधन भएको हो ।
सभामुख सापकोटाले सांसद पहाडीप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति सम्वेदना व्यक्त गरेका छन् । संस्कृतिकर्मी समेत रहेकी सांसद पहाडीको उपचारको क्रममा बुधवार बिहान निधन भएको हो ।