चिनले नेपालको सिमाना मिचेको बिषयमा सत्यतथ्य छानबिन गर्न डा. कोइरालाको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ कार्तिक १, शनिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाडौ । चीनसँगको सीमा क्षेत्रमा भूमि मिचिएको विषयमा तुरुन्त विज्ञहरुको टोलि खटाएर सत्य तथ्य सार्वजनिक गर्न नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै हुम्लास्थित नेपाली भूमि मिचिएको विषयमा छानविन गरेर तथ्य सार्वजनिक गर्न माग गरेका हुन् ।

कोइरालाले लेखेका छन्, ‘यस सम्बन्धमा तुरुन्त विज्ञहरुको टोलि खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’ कर्णाली प्रदेशको हुम्ला जिल्लाको सीमा क्षेत्रमा पुगेर स्थलगत अध्ययन गरेर फर्किएको नेपाली टोलीबाट नेपाली भूमि अतिक्रमण भएको जानकारी पाएको भन्दै कोइरालाले नेपाली भूमि मिचिनु गम्भीर विषय भएको बताएका हुन् ।

कोइरालाले लेखेका छन्, ‘हालै कर्णाली प्रदेशको हुम्ला जिल्लाको चीनसँगको सीमाको स्थलगत अध्ययन गरी फर्किएका पार्टीका साथीहरूबाट नेपालको सीमा अतिक्रमण गरेको जानकारी पाँए । यो गम्भीर विषय हो। यस सम्बन्धमा तुरुन्त बिज्ञहरुको टोली खटाई सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

ताजा अपडेट

खोजी गर्नुहोस