कार्तिक २, काठमाण्डौ । कोरोना संक्रमित राप्रपा अध्यक्ष कमल थापा ओम अस्पतालको आईसीयूमा भर्ना भएका छन् । टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि पूर्वउपप्रधानमन्त्री थापालाई आईसीयू कक्षमा भर्ना गरिएको ओम अस्पतालले विज्ञप्ति जारी गरी जानकारी दिएको हो । उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टरसमेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा विश्वनाथ कोइराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिस्ट डा। सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिस्ट डा। प्रमेश सुन्दर श्रेष्ठलगायत रहेको चिकित्सक टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।