काठमाडौमा पुर्व एमालेको ओली गुटका नेताको भेला सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २३, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

कात्तिक २३, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेका बेला काठमाडौंका पूर्व एमालेहरुको भेला भएको छ । जिल्ला अध्यक्ष कृष्ण राईकै संयोजनमा भएको भेलालाई उपप्रधानमन्त्री रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले सम्बोधन गरेका थिए ।

पूर्व एमाले भेला भनिए पनि बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए ।

केही दिन अगाडि मात्रै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश–१ का आफू निकट नेताहरुसँग भर्चुअल बैठक गरेका थिए । मदन भण्डारी फाउण्डेसनको ब्यानरमा प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई संवोधन गरेपछि नेकपाभित्र असन्तुष्टि देखिदै आएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित सचिवालयका पाँच नेताले भर्चुअल बैठकबारे आपत्ति जनाइरहेका बेला शनिबार ओली निकट नेताहरुको भेला भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस