वरिष्ठ नेता नेपालसहित तीन नेता बालुवाटारमा ! प्रधानमन्त्री ओलीसंग बिशेष छलफल गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ कार्तिक २३, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक २३, काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।

नेकपानिकट एक नेताले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली भेट्न नेता नेपाल स्थायी कमिटी सदस्यहरु डा.भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई लिएर गएका छन् । पार्टीभित्र विवाद चर्किरहेको बेलामा नेता नेपाल ओलीसँग वार्ता गर्न बालुवाटार पुगेका हुन् ।

हिजोमात्रै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले अध्यक्ष ओलीसँग भेटवार्ता गरेर पार्टीको बैठक बोलाउन लिखित रुपमै आग्रह गरेका थिए

ताजा अपडेट

खोजी गर्नुहोस