संसद विघटनबारे सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १९, आईतबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस १९, काठमाण्डौ । राष्ट्रपतिको कार्यालयले संसद विघटन गर्ने निर्णयमा सर्वोच्च अदालतलाई लिखित जवाफ पेश गर्ने तयारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलाशले संसद विघटनसम्बन्धी मन्त्रिपरिषबाट भएको निर्णयको सक्कल प्रति, राष्ट्रपतिको निर्णयको सक्कल प्रतिका साथै संसदसँग सम्बन्धित आवश्यक कागजात ५ दिनभित्र पेश गर्न आदेश दिएको थियो ।
राष्ट्रपति कार्यालय स्रोतकाअनुसार कानूनी परामर्श सकिएकाले आज दिउँसो जवाफ पेश गर्ने तयारी छ । त्यस्तै सरकारले महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गर्ने तयारी गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस