‘संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनस्थापना हुुनुपर्छ’ : सभामुख सापकोटा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २०, सोमबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले सर्वोच्च अदालतले खारेज गर्नुपर्ने जवाफ पेश गरेका छन् । संसद विघटनविरुद्ध परेका रिटमा विपक्षी बनाइएका सभामुख सापकोटाले निवेदककै भनाइलाई समर्थन गर्दै प्रधानमन्त्रीको कमदलाई संविधानले नचिल्लने उल्लेख गरेका छन् । उनले पाँच वर्षसम्म जनताको प्रतिनिधित्व गर्न पाउने आफ्नो र सांसदहरुको अधिकार हनन् भएकाले संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनस्थापना हुुनुपर्ने जिकिर गरेका छन् । सापकोटाले राज्यका अंगहरु शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलनको दृष्टिकोणबाट उत्तरदायी हुनुपर्नेमा कार्यपालिका प्रमुख त्यसबाट विमुख भएको दाबी गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस