नेपाली काँग्रेसद्धारा थप तीन चरणको आन्दोलनको घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २०, सोमबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस २०, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप तीन चरणको आन्दोलनको निर्णय लिएको छ । आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पुस २५ मा ३३० प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा ७ सय ५३ नगर– गाउँपालिका र माघ ८ मा ६ हजार ७ सय ४३ वडास्तरमा विरोध प्रदर्शनको निर्णय लिएको हो ।

७ पुसबाट जारी काँग्रेस केन्द्रीय समिति बैठकले १० पुसमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र विशेष विरोधसभाको घोषणा गरेको थियो । सोही अनुसार १३ पुसमा काँग्रेसले १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटन विरुद्ध विरोधसभा गरेको थियो ।

विरोध प्रदर्शन र मेलमिला दिवसका लागि ८ दिनको स्थगितपछि आज बसेको बैठकले प्रदेश निर्वाचन क्षेत्र, पालिका र वडा तहमा विरोधसभा गर्ने नीति लिएको छ । जिल्लाले स्थानीय अवस्था र आवश्यकता हेरी विरोधका कार्यक्रमहरु आयोजना गर्न सक्नेछन् । यस्तै पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले पार्टी केन्द्र र जिल्लासँग समन्वय गरी पार्टीले तोकेको कार्यक्रम बाहेक अन्य विरोधका कार्यक्रम गर्न बैठकले निर्देशन दिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस