पुस २१, काठमाण्डौ । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन मंगलबार सुरु हुन लागेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र जनता समाजवादी पार्टीले माग गरेपछि बोलाइएको विशेष अधिवेशनमा कोरोना भाइरसको महामारीका विषयमा छलफल हुने भएको छ भने अन्य प्रदेशजस्तो सरकार फेरबदलको विषय नउठ्ने देखिएको छ ।
संवैधानिक व्यवस्थाअनुसार कांग्रेस र जनता समाजवादी पार्टीले विशेष अधिवेशन आह्वानका लागि ३० मंसिरमा निवेदन दिएका थिए । संविधानको धारा १८३ को उपधारा ३ मा प्रदेशसभाको अधिवेशन वा बैठक चालू नभएको अवस्थामा प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एकचौथाइ सदस्यले लिखित अनुरोध गरेमा विशेष अधिवेशन बोलाउनुपर्ने व्यवस्था गरिएको छ । त्यसैअनुरूप कांग्रेसका १५ र जसपाका दुई सदस्यले दिएको निवेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले २१ पुुस दिउँसो १ बजे पोखरा सभागृहमा विशेष अधिवशेन आह्वान गरेका हुन् ।