पुस २१, काठमाण्डौ । अनेरास्ववियूले ओली सरकारविरुद्ध आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ । अनेरास्ववियूको केन्द्रिय कार्यालय बागबजारमा बसेको बैठकले आन्दोलनका थप कार्यक्रम अघि सारेको हो ।
अनेरास्ववियूले ओली सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउनेदेखि प्रधानमन्त्री ओलीको पुत्ला जलाउनेसम्मका कार्यक्रम राखेका छन् । उनीहरुले प्रधानमन्त्री केपी ओली गणतन्त्र विरोधी रहेको देखाउन बयलगाडा प्रदर्शनको कार्यक्रम समेत राखेका छन् ।