पौष २१,काठमाडौँ । प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनर्स्थापना हुने र सूर्य चिह्न आफूहरूले पाउनेमा ढुक्क रहेको बताएका छन्। उनले भने–हामी ढुक्क छौँ , संविधान अनुसार प्रतिनिधि सभाको पुनस्थापना हुन्छ, अहिलेको संविधानमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहेको छैन् ।
प्रवक्ता श्रेष्ठले पार्टीको आधिकारिकता र सुर्य चिन्ह आफुहरुसंगै रहने दावी गरे । उनले भने–नेकपा र सुर्य चिन्ह शतप्रतिशत हामीसंग रहने विश्वास छ, यसमा एक अंशपनि शंका छैन् । कार्यक्रममा प्रश्न गर्दै नेता श्रेष्ठले भने– के अहिले संवैधानिक अंगले स्वतन्त्र ढंगले काम गर्न सक्दैनन् ? प्रधानमन्त्रीले सवै निर्णय सेटिङमा भएको हो भन्ने पुष्टि गर्न लाग्दैहुनुहन्छ ? यसको साक्षी संवैधानिक अंग बस्छ ? उनले संविधानलाई कागजको टुक्रा बनाउने प्रयास भइरहेको जिकिर गरे ।
उनले संसद पुनर्स्थापना र सूर्य चिह्न आफू पक्षको नेकपाले पाउनेमा ढुक्क रहेको बताएका हुन्।
कार्यक्रममा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको प्रतिनिधि भएको टिप्पणी गरेका छन् । उनले अहिलेको लडाइँ क्रान्ति र प्रतिक्रान्तिबीच भएको पनि बताए । मंगलबार नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीसँगको छलफलमा उनले भने, ‘यो लडाइँ अग्रगमन र प्रतिगमन बीचको हो ।’
उनले ओलीले जनयुद्धका मुद्दाका कुरा उठाउन थालेको भन्दै उनले यस्तो भए पुरानै अवस्थामा फर्कनु पर्ने पनि बताए । जनयुद्धका सबै मुद्दा सत्यनिरुपरन तथा मेलमिलाप आयोगले हेर्ने निर्णय भएको पनि उनले स्मरण गराए । भट्टराईले अहिलेको उपलब्धी जनयुद्ध र जनआन्दोलनकै कारणले भएको पनि उनले बताए । भट्टराईले प्रधानमन्त्री ओलीले संविधान मिचेर जबजको छाता ओढाएको बताएका छन्।
प्रतिगामी कदम चालेर त्यसलाई जबज अघि सारेर लुकाउन खोजिएको उनले बताएका हुन्। जबज एमाले र माओवादी एकीकरण हुँदा नै परिष्कृत भएर समाजवादउन्मुख जनताको जनवाद भएको बताएका हुन्। त्यसैले जबज र एमाले दुवैको अस्तित्व नभएको उनको भनाइ छ।
ओली पक्षले एमालेको संवेदना र जबजको लिगेसीबाट अघि बढ्ने संकेत देखाएको बेला उनले यस्तो बताएका हुन्।