मध्यावधी निर्वाचन : मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २१, मंगलबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस २१, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७” र त्यसको कार्यान्वयनका लागि “मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७” स्वीकृत गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार स्वीकृत कार्यविधी र कार्यक्रमअनुसार यही पुस २३ गतेबाट जिल्लास्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिनेछ । प्रवक्ता श्रेष्ठले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति रहने पनि जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस