पुस २२, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संसद् विघटनको कदम राजनीतिक अराजकता र विकृतिको नांगो रुप भएको बताएका छन् । बानेश्वरमा नेकपाको प्रचण्ड नेपाल समूहद्वारा आयोजित छलफलमा उनले सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक डाक्नु उपयुक्त हुने बताए बताए ।
प्रधानमन्त्रीले संविधान कुल्चिएर विघटन गर्नुभएको छ । साढे १० बजे अविश्वासको प्रस्ताव दर्ता भएको हो भने संसद् विघटनको सिफारिस दिउँसो भएको छ। प्रधानमन्त्रीले संसद् कुल्चिएको अवस्थामा म संविधानको पालना गर्छु । प्रतिनिधिसभाको अविश्वासको प्रस्तावमाथि छलफल गराउन चाहन्छु भनेर सभामुखले प्रतिनिधिसभाको बैठक बोलाउनु उपयुक्त हुन्छ,’’ मिश्रले भने ।