पुस २२, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संवैधानिक ुकूु गरेको आरोप लगाएका छन् ।
लामो अभ्यासलाई ध्यानमा राखेर बनेको संविधानको मूल्य मान्यता कुल्चिएर र मर्मलाई समाप्त पार्दै संवैधानिक ुकूु गरेको आरोप नेपालले लगाएका हुन् । बुधबार राजधानीमा आयोजित राजनीतिक पार्टीको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
ुसंविधान नेपाली जनताको त्याग र बलिदानबाट बनेको हो। हामीले संवैधानिक अभ्यासलाई ध्यानमा राखेर संविधानमा प्रवधान तय गरेका थियौँ। संविधानको मूल्य मान्यतालाई कुल्चिएर, संविधानको मर्म समाप्त पार्ने अर्को भाषामा भन्न सकिन्छ संवैधानिक ुकूु गरेर उहाँले आफ्नो अधिनायकवादी शैली देखाउनुभयो ।