अनेरास्ववियूको लालटिन जुलुस : भेटिएन ओली सरकार,पुत्लादहन तथा कालो झन्डा प्रदर्शन !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष २३, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस २३, काठमाडौं । प्रधानमन्त्री केपी ओलीको संसद् भंग गर्ने निर्णयप्रति नेकपा (प्रचण्ड–माधव नेपाल) निकट अनेरास्ववियुले आज सडकमा लालटिन जुलुस निकालेको छ । प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओली र त्यसलाई सदर गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध नेकपा समर्थित अनेरास्ववियुले बुधबार दिउँसै लालटिन जुलुस निकालेको हो ।

जुलुसमा संविधानमा संसद् विघटन गर्ने धारा दिउँसै लालटिन बालेर खोज्दा पनि नदेखिएको भन्दै प्रधानमन्त्रीको कदमप्रति व्यंग्य गरिएको छ । ब्यानरमा लेखिएको छ, ‘दिउँसै बाल्दा पनि भेटिएन है, संविधानमा संसद् विघटनको धारा खै ?’ अनेरास्ववियुले प्रधानमन्त्री ओलीको पुत्लादहन तथा मन्त्रीहरुविरुद्ध कालो झन्डा प्रदर्शन गर्ने कार्यक्रमअनुसार देशभर विरोध प्रदर्शन गरिरहेका छन् । अनेरास्ववियुले ओलीका मन्त्री मणि थापालाई जाजरकोटमा कालोझन्डा देखाएका थिए । थापा नेकपाको जिल्ला भेलालाई सम्बोधन गर्न जाजरकोट पुगेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस