पुस २४, काठमाण्डौ । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र नियुक्तिसहितका विषयमा मुद्दा परे पनि आज संवैधानिक इजलास गठन नगरिएको सर्वोच्च अदालतले जनाएको छ । संवैधानिक इजलास सातामा दुई दिन बुधबार र शुक्रबार तोकिने चलन छ ।
‘आज संवैधानिक इजलास गठन भएको छैन । शुक्रबार संवैधानिक इजालसमा नयाँ मुद्दाको सुनुवाइ हुने गरेको छ । प्रधान न्यायधीशसहित ५ न्यायाधीश रहने गरी यस्तो इजालस गठन गर्ने गरिएको छ ।