पुस २४, काठमाडौ । नेकपाका प्रचण्ड नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना नगरेमा व्यवस्था नै जाने खतरा उत्पन्न हुने बताएका छन् । राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै प्रवक्ता श्रेष्ठले संबिधानले दिदै नदिएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभाको विघटन गरिएको बताउदै सर्वोच्चले संबिधान अनुसार नै फैसला दिने विश्वास व्यक्त गरेका छन् ।
उनले सर्वोच्चले प्रधानमन्त्रीको संसद विघटनको निर्णयलाई सदर गरेमा त्यो संबिधान विपरित हुने र व्यवस्था नै समाप्त हुने खतरा उत्पन्न हुने चेतावनी दिए । उनले सर्वोच्चले संबिधान संशोधन गर्ने प्रयास गर्यो भने यो संबिधान कागजको खोष्टोमा परिणत हुने र समग्र व्यवस्था नै खतरामा पर्ने हुनसक्ने बताए ।