पुस २४, काठमाण्डौ । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा धेरै काम भएकाले अब दुई तिहाइ मतको आवश्यकता भएको बताएका छन् । धनगढीमा बोल्दै ओलीले देशका लागि काम गर्ने संसदको आवश्यकता रहेको दाबी गरे । ‘हामीलाई दुई तिहाइ चाहिएको छ ।
मेरो नेतृत्वको सरकारको समयमा धेरै काम भएको छ‚ मैले गरेर देखाएको छु‚’ उनले भने‚ ‘मैले विभिन्न रोग र उपचारबाट जनता बचाएको छु ।’ उनले आफूलाई छिटै मर्छ भनेका तर आफू निको भएर आएकाले काम गर्न नदिएको दावी गरे । ‘म उपचार गर्न थाइल्याण्ड जाँदा मरेर बाकसमा आउँछ भन्थे‚’ प्रधानमन्त्री ओलीले भने‚ ‘तर म फर्केर आएँ, मेरो स्वास्थ्य जनताका लागि हो । यो तपाईंहरुका लागि हो ।’