जसपाका नेताहरु दोस्रो चरणको आन्दोलनमा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष २४, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस २४, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टीले दोस्रो चरणको आन्दोलनको कार्यक्रम शुरु गरेको छ ।
सो पार्टीले पुस २५ गतेदेखि माघ ७ गतेसम्मको कार्यक्रम घोषणा गरेको छ ।  विराटनगर, धनगढी र भैरहवा आमसभाको घोषणा गरिएको छ भने पुस २७ गते वीरगञ्ज, नेपालगञ्ज र जनकपुर तथा पुस २९ गते पोखरा, सुर्खेत र विर्तामोड र माघ ३ गते धरान, मलगंवा, सिरहा, कलैया, तौलिहवा र रौतहटमा आमसभाको आयोजना गरिएको छ । ती सबै कार्यक्रमका लागि केन्द्रबाट वक्ताहरु चयन गरिएको छ । यस्तै माघ ७ गते सबै जिल्लाका सदरमुकाम लगायत प्रमुख शहरहरुमा जनप्रदर्शन गर्ने कार्यक्रम तय पनि जसपाले तय गरेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस