चार पूर्वप्रधानन्यायाधीशको एउटै आवाज : ‘प्रतिनिधि सभा विघटन असंवैधानिक’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २५, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस २५, काठमाण्डौ । चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको बताएका छन् । पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त विज्ञप्ति निकालेर प्रतिनिधि सभा विघटन संवैधानिक नभएको बताएका हुन् ।

संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा त्यो प्रयोजनबाहेक अर्को अवस्थामा संसद् विघटन गर्ने अधिकार नदिएको भन्दै आकर्षित नहुने धारा ग्रहण गरी प्रतिनिधि सभा विघटन गरिएको विज्ञप्तिमा उल्लेख छ । संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार भन्ने तर्कको पनि विज्ञप्तिमा खण्डन गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस