प्रचण्ड माधव गुटले आगामी माग २३ गते १ लाख मानिस सडकमा उतार्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष २५, शनिबार (४ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

पुस २५, काठमाडौं । नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध तय भएको आन्दोलन अन्तर्गत आगामी माग २३ गते काठमाडौंमा १ लाख मानिस उतार्ने बताएको छ । सो पक्षका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन् ।

त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरुलाई अहिल्यैबाट तयारी गर्न निर्देशन पनि दिए । शनिवर नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले संसद विघटन सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण समेत भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस