प्रधानन्यायाधीश जबरा भन्छन्-‘संविधानसभामा भएका बहसका रेकर्ड मगाउन पनि तयार छौँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ ४, आईतबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ ४, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका निवेदनको सुनुवाइमा आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन तयार रहेको बताएका छन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा विघटनका विषयमा संविधानसभामा भएका बहसका रेकर्ड मगाउन माग गरेका थिए । त्रिपाठीलाई जवाफ दिँदै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आवश्यक परे रेकर्ड झिकाउने बताए । प्रतिनिधिसभा विघटनविरुद्ध रिटनिवेदकका तर्फबाट बहस गरेका भीमार्जुन आचार्यले राजनीतिक प्रश्न हो भन्दै प्रधानमन्त्रीले यसमा सर्वोच्च अदालतले कुनै निर्णय गर्न नसक्ने बताइरहेकोप्रति आश्चर्यता प्रकट गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस