माघ १६, काठमाण्डौ । नेकपा ओली पक्षले निर्वाचन आयोगसँग आज दल दर्ता र निर्वाचनको तयारी सन्दर्भमा छलफल गरेको छ । निर्वाचन आयोगसँगको छलफलपछि ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगसँग दल दर्ता र निर्वाचनको तयारीका सन्दर्भमा मात्र छलफल भएको बताएका छन् ।
नेम्वाङले तोकिएकै समयमा निर्वाचन हुने बताए । निर्वाचन आयोगले बिहीबार नेकपाका दुवै समूहलाई पत्रचार गर्दै निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न शुक्रबार बिहान ११ बजे बोलाएको थियो ।