माघ १७, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार चितवन सदरमुकाम भरतपुर आउँदैछन् । प्रधानमन्त्री ओलीले भरतपुर महानगरपालिकाको अग्रसरतामा सुरु भएका दुई ठूला आयोजनाहरु सिटी हल निर्माण र महेन्द्रराजमार्गको पुलचोक गोन्द्राङ सडकलाई ६ लेनको फराकिलो बनाउने कामको शिलान्यास गर्ने छन् ।
त्यसपछि उनले भरतपुरको केन्द्रीय बसपार्कमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।