‘पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने र देश बर्बाद पार्ने मनसाय प्रचण्डको छ’ : पिएम ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ १८, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन् । केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा आएर मिसिएको पार्टी नै आफू नेतृत्वको नेकपा रहेको दाबी गरेका छन् ।

‘तीन पूर्वप्रधानमन्त्री बुढेसकालमा लौरो टेकेर लाइन लागेर लुखुरलुखुर देशभरि हिँड्नुभएको छ। उहाँहरूको उद्देश्य राम्रो भइदिए हुन्थ्यो, स्वागत गर्न मिल्थ्यो’, ओलीले भने, ‘पार्टी ध्वस्त पार्ने, आन्दोलन सखाप पार्ने र देश बर्बाद पार्ने मनसाय उहाँहरूको छ।’

 

ताजा अपडेट

खोजी गर्नुहोस