चन्द्रागिरि नगरको अर्को उपलब्धि : कलंकी-नागढुङ्गा-पीपलामोड सम्मका सबै पोल रंगिए !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १८, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ १८, काठमाण्डौ । काठमाण्डौ चन्द्रागिरि नगरपालिकाद्वारा कलंकी -नागढुङ्गा -पीपलामोड सडक खण्डको दुवै साइडका पोलहरुमा एकै किसिमको रंग लगाउने तथा तार व्यवस्थापनको कार्यको शुरुवात भएको छ ।

एक महिना भित्रै सम्पन्न हुने उक्त कार्यसँगै नगरपालिकाले खुला प्रस्तावना आव्हान पश्चात उक्त कलंकी नागढुङ्गा पीपलामोड सडक खण्डको निरन्तर सरसफाई तथा हरियाली व्यवस्थापनको पनि शुरुवात गरिसकेको छ । साथै यस सडक खण्डमा विद्युत जडानको गृहकार्य अन्तिम चरणमा पुगिसकेको छ । दृश्य प्रदुषणको निर्मुलीकरण र उपत्यका भित्रने नगरपालिकाको सुव्यवस्थापनको लागि यस कार्यहरुले प्रभावकारी भूमिका खेल्ने नगर प्रमुख घनश्याम गिरीले बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस