सक्कल प्रति नै सभामुखले संवैधानिक परिषद्मा फिर्ता पठाए

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १९, काठमाण्डौ । संवैधानिक परिषद्ले ११ वटा संवैधानिक निकायमा ३८ जनालाई नियुक्तिका लागि गरेको सिफारिससम्बन्धी पत्र सभामुख अग्निप्रसाद सापकोटाले आइतबार फिर्ता पठाएका छन् । संघीय संसद् सचिवालयमा आएको पत्रको सक्कल प्रति नै सभामुखले संवैधानिक परिषद्मा फिर्ता पठाएका हुन् । गत पुस ५ गते प्रतिनिधिसभा विघटन हुनुभन्दा ६ मिनेट अघि ११ वटा संवैधानिक निकायमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरिएको थियो । पत्र संसद् सचिवालयमा आइपुगेको ४२ दिनपछि सभामुखले फिर्ता पठाएका हुन् । सिफारिस भएका नाम संसदीय सुनुवाइ समितिमा प्राप्त भएको ४५ दिनभित्र सुनुवाइ नभएमा नियुक्तिका लागि बाटो खुल्ने प्रतिनिधिसभा नियमावलीमा उल्लेख छ ।

सभामुखले सात कारण उल्लेख गर्दै पत्र फिर्ता गरेका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएकाले संसदीय सुनुवाइ समितिको कार्यावधि स्वतः समाप्त भएकाले संसदीय सुनुवाइ गर्न नसक्ने अवस्था रहेको, संसद् विघटन भएका कारण संसद् सचिवालयले उक्त कागजात सुनुवाइ समितिसमक्ष पेस गर्न नसक्ने अवस्था रहेको, संवैधानिक परिषद्को बैठक बोलाउँदा गणपूरक संख्या नपुगेपछि अध्यादेश ल्याएर ऐन संशोधन गरी सोही दिन आयोगहरूमा नियुक्तिको सिफारिस गरिनु नेपालको संविधान र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत भएकाले पत्र फिर्ता पठाएको सभामुखले उल्लेख गरेका छन् । नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

ताजा अपडेट

खोजी गर्नुहोस