माघ १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनविरूद्ध नेकपाको प्रचण्ड(नेपाल समूहको अनेरास्ववियूका विद्यार्थीहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । सोमबार दिउँसो सवा ३ बजे काठमाडौंको बानेश्वरमा विद्यार्थीहरूले प्रदर्शन गर्दै संसद भवनतर्फ जाँदै थिए ।
सोही क्रममा प्रहरीले उनीहरूलाई रोकेको महानगरीय प्रहरी वृत्त, प्रहरी नायब उपरीक्षक डिएसपी दक्ष बस्नेतले बताए । उनीहरू बानेश्वरको पिपल बोटबाट निषेधित क्षेत्रतर्फ गएर प्रदर्शन गर्न खोजेका थिए ।