सुदेशको गर्जन:’केपी महाराज ! गणतन्त्र बालकोट बसेर काजु खाएर आएको होईन’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २२, बिहिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

माघ २२,धरान । देशभर नेपाल बन्दको प्रभाव परेको छ । बन्दको प्रभाव धरानमा पनि परेको छ । अनेरास्ववियुका नेता सुदेश पराजुलीसहितका नेकपाका नेताहरुले धरान सडकखण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका कारण यातायातका साधन चल्न सकेका छैनन् । पसलहरु बन्द रहेका छन् ।

आन्दोलनबाटै नेता पराजुलीले भने–’प्रतिगमनका मतियारहरु धेरै टिक्द्रनन्, ओलीको सत्ता ढालेर छोड्छौँ ।’ उनले थप भने– ‘लाखौ लाख जनताको रगत र पसिना ल्याएको लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने, जनताले पहिलो पटक आफ्नै हातले लेखेको संविधानलाई चिरहरण गर्ने ,जनताको व्यवस्थालाई मास्ने केपि ओलिको कु–बाटो,कु–बुद्धिका विरुद्धमा चालेको कदम हो आमहडताल, यो व्यवस्था बचाउनका चालेको बाध्यात्मक बाटो हो आमहडताल ‘लोकतान्त्रिक गणतन्त्र बालकोटमा बसेर काजु खाएर आएको होईन केपी महाराज । ‘

उनले सडकबाटै संसद पुनस्थापना गर्न आफुहरु आन्दोलनमा रहेका उनको भनाई थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस