पुर्वराजा ज्ञानेन्द्रले भने–जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २२, बिहिबार (४ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

माघ २२,काठमाडौँ । पुर्वराजा ज्ञानेन्द्र शाहले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ पर्न जाने बताएका छन् ।

आज एक ट्विट गर्दै शाहले भनेका छन्– ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी कृयाकलापले । जनमतको अनादर गरी कुर्सिका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न ।’

शाहले विभिन्न घटनाक्रममा आफ्नो अभिव्यक्ति ट्विटरबाट दिँदै आएका छन् । संसद विघटन पछि भइरहेको राजनितिक गतिरोधको विषयमा उनको यो अभिव्यक्ति आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस