माघ २२, काठमाण्डौ । निर्वाचन आयोगले १७ र २७ वैशाखका लागि घोषित निर्वाचन सम्पन्न गर्न सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयमा पत्राचार गर्दै दुई चरणमा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ खर्च माग गरेको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सकेसम्म कम खर्चमा मितव्ययी तरिकाबाट निर्वाचन सम्पन्न गर्ने गरी आयोगले खर्च माग गरेको बताए । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनलाई मितव्ययी ढंगबाट सम्पन्न गर्ने लक्ष्य लिएको आयोगले यस पटक तालिमलाई अनलाइन प्रविधिबाट समेत सञ्चालन गर्ने जानकारी दिए ।