नेपाल बन्दका कारण बीरगन्जको जनजीवन प्रभावित,नेकपाका २२ जना नेता पक्राउ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २२, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

माघ २२, बीरगन्ज । नेकपा माधव–प्रचण्ड समूहले घोषणा गरेको नेपाल बन्दका कारण पर्साको जनजीवन प्रभावित बनेको छ । भित्रि सडकहरुमा रहेका पसलहरु खुले पनि बजारको मुख्य रोडका पसल पूर्णरुपले बन्द रहेको छ । बन्दका कारण पर्साका स्कुल, कलकारखाना,बजारका पसलहरु बन्द भएका छन् भने लामो तथा छोटो दुरीका सवारी साधानहरु समेत ठप्प भएको छ । यद्यपी हल्का सवारी साधान तथा मोटर साइलक लगायतका गाडीहरु भने निर्वाध रुपमा चलेका छन् । बन्द सफल पार्नका लागि नेकपा प्रचण्ड–माधव समूहका नेता कार्यकर्ताहरु बिहानै देखि ठाउँ ठाउँमा प्रदर्शन गर्नुका साथै टायर बालेर नारावाजी गरेका छन् ।

बजारमा पसल बन्द गराउँन हिडेका,गाडी अवरोध गर्न खोज्ने तथा टायर वालेर प्रदर्शन गर्न खाजेका नेकपामा २२ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताए । तर नेकपाका नेता तथा संविधान सभा सदस्य बिचारी यादवले प्रहरीले हाल सम्म २५ भन्दा बढी नेता कार्यकर्तालाई पक्राउ गरेको बताए । नेकपाका युवा नेता अरबिन्द यादव,मनोज चौधरी,अरुण यादव, रहवर अंसारी,शिवम् साह,प्रभाकर गुप्ता,लालबाबु लगायतका नेतालाई प्रहरी अनाहकमा पक्राउ गरेको नेता यादवले बताए ।

बन्दका कारण हाल सम्म पर्सामा कुनै अप्रिय घटना नभएको तथा स्थिती समान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको् छ । बन्दलाई मध्य नजर गर्दै पर्सामा बजार क्षेत्रहरुमा भारी मात्रामा नेपाल प्रहरी तथा शसत्र प्रहरीलाई परिचालन गरिएको तथा अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साको भनाई छ ।

प्रहरीको अवरोधका कारण पनि नेकपाका नेता कार्यकर्ताहरुले ठाउँ ठाउँमा प्रदर्शन भने गरी नै राखेका छन् । बन्द सफल पार्नका लागि घण्टाघरमा भारीमात्रा नेकपा प्रचण्ड माधव पक्षित नेता कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस