माघ २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाल बन्द गरेर जनतालाई दुख दिएको हेर्न आफुहरु गाडी र बाइकमा हिडेको व्यंग्य गरेका छन् । किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डलाई अरुका गाडी जलाएर आफु गाडीमा सयर गर्दै तमासा हेरेको टिप्पणी गरे ।
आज प्रचण्ड(नेपाल पक्षले आयोजना गरेको आमहड्तालमा सहभागी हुन प्रचण्ड गाडी लिएर गएपछि उनको आलोचना भइरहेको छ । त्यस्तै आमहड्तालको निरिक्षण गर्न भन्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाल भने स्कुटर लिएर निस्किएका थिए । नेपालमाथि व्यंग्य गर्दै प्रधानमन्त्री ओलीले आफैले बन्द गरेको गाडी चढ्न अलि भएन भन्दै जनताको दुख हेर्न बाइक लिएर रमिता हेरेको टिप्पणी गरे ।