प्रचण्ड-नेपाल पक्षको आमहड्ताल सकियो,अधिकांश ठाउँहरुमा प्रहरी र प्रदर्शनकारीबीच झडप !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २२, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ२२, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल पक्षले गरेको आमहड्ताल ५ बजेबाट अन्त्य भएको छ । प्रचण्ड नेपाल पक्षको संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत् बताएअनुसार नै आमहड्ताल ५ बजेपछि अन्त्य भएको हो ।

संसद विघटनका विरुद्ध प्रदर्शन गरिरहेको प्रचण्ड–नेपाल पक्षले आज देशभर आमहड्ताल गरेको थियो । संविधानको बेवास्ता गर्दै संवैधानिक आयोगहरूमा नियुक्ति गरेको भन्दै सरकारविरुद्ध प्रचण्ड–नेपाल पक्षले आमहड्ताल गरेको हो ।

प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले बिहीबार गरेको आम हड्तालले देशभरको जनजीवन प्रभावित भएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले गरेको बन्द उलंघन गर्ने १५ वटा सवारी साधनमा तोडफोड भएको छ भने एउटा ट्याक्सी जलाइएको छ । बिहीबार बिहानैदेखि प्रदर्शनकारी सडकमा ‘बन्द सफल पारौं’ भन्दै प्रदर्शनमा उत्रिएका थिए ।
प्रदर्शनकारीले राजधानीको गोंगबुमा प्रदेश ३–०१–००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेका हुन् । चालक कुम्भनारायण श्रेष्ठलाई सामाखुसी जाउँ भनेर भित्र छिर्ने बित्तिकै दुई जनाले पेट्रोल छर्केर आगजनी गरेका थिए ।

राजधानीसँगै उपत्यकाबाहिरका विभिन्न जिल्लामा प्रदर्शनकारीले एउटा सरकारीसहित १५ वटा सवारीमा तोडफोड गरेको प्रहरी मुख्यालयले जनाएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका १५७ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले उनीहरुलाई साँझ रिहा गर्ने बताएको छ । काठमाडौं भित्रिने मुख्य नाकामा भने प्रदर्शनकारीले सवारी आवागमनलाई अवरोध गरेका थिए। नागढुंगा, कोटेश्वर, चावहिल, बालाजु बाईपास, गोंगबु, कलंकीलगायतका स्थानमा प्रदर्शनकारीको घुँइचो थियो।

 

ताजा अपडेट

खोजी गर्नुहोस