सभा स्थगितको हल्ला : नक्कली म्यासेज बनाई दुष्प्रचार गरिएको भन्दै सूर्य थापाको आक्रोश !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २३, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २३, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो नाममा ‘फेक म्यासेज’ बनाएर प्रचण्ड-नेपाल पक्षबाट भ्रम फैलाएको भन्दै आक्रोश पोखेका छन् । सूर्य थापाको फेसबुक पोस्ट भन्दै सामाजिक सञ्जालमा भोलि दरबारमार्गमा आयोजना गरिने कार्यक्रम स्थगित गरिएको भनेर भ्रम फैलाइएकोप्रति उनले आक्रोश पोखेका हुन ।

उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘मेरो फेसबुक आइडीलाई स्क्रीन सट गरी नक्कली म्यासेज बनाई सोसल मिडियामा व्यापक रूपमा दुष्प्रचार गर्न यस्तो अपराधिक गिरोह कुत्सित सक्रियतामा संलग्न रहेकोमा म उक्त कार्यप्रति खेद प्रकट गर्दछु ।’ उनले निर्धारित कार्यक्रम दिउँसो १२ बजे नारायणहिटी गेटमा हुने बताएका छन ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस