आज ओली समुहको शक्ति प्रदर्शन: दरबारमार्ग र आसपासमा सार्वजनिक गाडीलाई प्रवेश निषेध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २३, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माघ २३,काठमाडौँ । सत्तामा रहेको केपी ओली समुहको आमसभाका कारण अहिले काठमाण्डौको दरबारमार्ग आसपासमा सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।

दशैभरबाट आफ्ना समुहका कार्यकर्तालाई बोलाएर नारायणहिटीको अगाडिपट्टि आज नेकपाको ओली समूहले जनसभा गर्दैछ । यसकै कारण सार्वजनिक गाडीलाई प्रवेशमा रोक लगाइएको हो । अहिले यो मार्ग भएर साना निजी गाडी भने चलिरहेका छन् । यस्तै, जनसभालाई ध्यानमा राखेर दरबारमार्ग क्षेत्र हुँदै चल्ने गाडीलाई ठाउँ–ठाउँबाट डाइभर्सन गरिएको छ ।

जयनेपाल हल, माइघर मण्डला, थापाथली, सिंहदरबार, त्रिपुरेश्वर, लैनचौर, सोह्रखुट्टे, पुतलीसडक, कृष्णपाउरोटी, पद्मोदयमोडलगायत क्षेत्रबाट गाडी भर्सन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यस्तै, यात्रुबाहक ठूला सार्वजनिक बसलाई चक्रपथ भित्र चलाउन पनि दिईएको छैन । जनसभाका कारण बढ्ने चापलाई मध्यनजर गर्दै यात्रुबाहक बसलाई चक्रपथमा मात्रै चलाउन दिईएको महाशाखाले जनाएको छ । ओली समूहको जनसभामा आउन काठमाण्डौका ठाउँ–ठाउँमा अहिले नेता कार्यकर्ता भेला हुन थालेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस