मनियारमा सांसद् यादवले गरे सडक ढलानको शिलन्यास, स्थानिय हर्षित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ माघ २३, शुक्रबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

माघ २३, वीरगञ्ज । पर्सा नर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सांसद्प्र दीप यादवले वीरगञ्ज महानगरपालिका वडा नम्बर २२ स्थित मनियार गाउँमा निर्माण हुनलागेको ढलान सडक र नालाको शिलन्यास गरेका छन् । ५० लाख रुपैयाँको लागतमा गाउँमा निर्माण गर्न लागिएको ढलान सडक र नालाको सांसद् यादवले शुक्रबार एक कार्यक्रम बीच शिलान्यास गरेका हुन् । शिलन्यास कार्यक्रममा बोल्दै सांसद् यादवले दशकौँदेखि जनताको मत लिएर सरकार बनाउँदै आएका काङ्ग्रेस र कम्युनिष्टले कुनै काम नगरेको कारण मधेसको विकास नहुन सकेको आरोप लगाए । सांसद् यादवले आफ्नो कार्यकालमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा विकास निर्माणका सबैभन्दा धेरै काम भएको दावी समेत गरे ।

ुकाङ्ग्रेस र कम्युनिष्टहरु यो क्षेत्रबाट कयौँ पटक निर्वाचित भएर गएका छन् तर आजसम्म यहाँ एउटा ढलान सडकसमेत निर्माण गर्न सकेका छैनन्,ु सांसद् यादवले भने,उनीहरुको कारण मधेसमा अहिलेसम्म विकास हुनसकेको छैन । म निर्वाचित भएर आएदेखि यस क्षेत्रमा सबैभन्दा धेरै विकास निर्माणका काम हरु सुरु भएका छन् । यादवको विशेष पहलमा सङ्घ सरकारको शहरी विकास मन्त्रालयले उपलब्ध गराएको बजेटबाट निर्माण हुनलागेको १ सय ७५ मिटर लामो सडक ढलान र नाला निर्माणको कार्य उपभोक्ता समिति मार्फत गरिंदै छ ।

मनियार टोल उपभोक्ता समितिले निर्माण गर्न लागेको ढलान सडकको चौडाई १६ फिट हुनेछ भने दुवै तर्फ २र२ फिटको नाला निर्माण गरिने उपभोक्ता समितिका सचिव सुनिल साहले बताए । सडक निर्माण हुनेभएपछि स्थानीय हर्षित भएका छन् । सडक नहुँदा वर्षायाममा हिलो र गर्मिको समयमा धुलो धुवाले स्थानीय पिडित थिए । सडक निर्माण भएपछि स्थानीयहरुको शहरी क्षेत्रसम्मको पहुँचपनि बढ्ने सचिव साहले विश्वास व्यक्त गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस