कांग्रेसले मात्र देश विकास गर्न सक्छ : रामचन्द्र पौडेल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ माघ २४, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ २४, काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुने बताएका छन् । शनिबार दमौलीमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व आवश्यक रहेकोमा जोड दिए । उनले नयाँ राजनीतिक ध्रुवीकरणले कांग्रेसलाई अवसर प्राप्त भएको बताउँदै कांग्रेसले मात्र देश विकास गर्न सक्ने दावी गरे । अहिले प्राप्त भएको अवसरलाई कांग्रेसले सदुपयोग गर्ने उनको भनाई छ ।

झण्डै दुई तिहाइ मत प्राप्त सरकारले जनभावनाअनुसार काम गर्न नसकेकाले जनताको आकर्षण कांग्रेसमा बढेको नेता पौडेलको भनाइ छ । कांग्रेस आन्दोलनबाट नभई अदालतबाट आउने फैसलाको पक्षमा रहेकाले संयुक्त आन्दोलनको बारेमा अहिले नसोचिएको उनले उल्लेख गरे । त्यसैगरी उनले पार्टीको सम्दर्भमो पार्टीको विधान बचाएर कांग्रेसलाई पनि बचाउनुपर्ने बेला आएको बताए ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस