माघ २४, काठमाण्डौ । प्रतिनिधिसभा विघटनको विरुद्धमा काठमाडौंमा अहिंसात्मक नागरिक प्रदर्शन गरिएको छ । नागरिक प्रदर्शनको नेतृत्व चिकित्सा सुधार अभियन्ता डा।गोविन्द केसीले गरेका छन् । प्रदर्शनकारीहरूले प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गरेका छन् ।
उनीहरूले सरकार स्वेच्छाचारी बनेको आरोप लगाउँदै नागरिक समूहले सरकारलाई खबरदारी गर्ने बताएका छन् । नागरिक प्रदर्शनमा पत्रकार, कलाकार, समाजसेवी, बुद्धिजिवी, विद्यार्थी लगायतको सहभागी थिए ।