माघ २५, काठमाडौ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीन नागरिकका हातहातमै जग्गाधनी प्रमाण पुर्जा पुर्याउनुपर्छ भन्ने कुरामा सरकार गम्भीर रहेको बताएकी छिन ।
भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका अध्यक्ष र सदस्यका लागि शनिबार काठमाडौंमा आयोजित अभिमुखीकरण समारोहमा उनले यस्तो बताएकी हुन । उनले नेपालको संविधानले निर्देशन गरेअनुसार भूमिसम्बन्धी जोडिएका अधिकार सुनिश्चिताका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको जानकारी गराइन।
उनले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने मुख्य जिम्मेवारीका साथ आयोग गठन गरिएको र तीन वर्षभित्रैमा काम सक्नुपर्ने जिम्मेवारी रहेको स्मरण गराइन ।