काठमाडौ उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो ! के-के गर्न पाइन्छ ? [सूचीसहित]

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ६, आईतबार (४ साल अघि)
  • ४४ पटक पढिएको
Post Thumbnail

असार ६, काठमाण्डौ । उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ । तीन प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो । असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ । निजी सवारीलाई जोर बिजोरअनुसार चल्न दिइने ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी बताए ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइनेछ,सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ ।’ खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस