असार ७, काठमाडौ । गण्डकी प्रदेशका प्रदेश सभा सदस्यबाट दोस्रोपटक निलम्बित राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले पुर्नबहालीको माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् ।
थापाले आइतबार दोस्रोपटक सर्वोच्चमा निवेदन दिएका हुन् । उनको रिट न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेशी रहेको छ। रिटमा सोमबार सुनुवाइ हुँदैछ । जेठ ३१ गते सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज गरेको थियो ।