असार ९, काठमाडौ । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामाथि संवैधानिक इजलासमा सुनुवाई सुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका तर्फबाट अधिवक्ता खम्मबहादुर खत्रीले बहस सुरू गरेका छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराई रहेका छन् । इजलास सुरु भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षधर कानुन व्यवसायीले निर्धारण गरिएको समयमाथि प्रश्न उठाएका थिए। इजलासले बहसका लागि १२ घण्टा तोकेको छ ।