धादिङ धुनिवेशी नगरपालिकाद्धारा ७७ करोड २५ लाख बराबरको बजेट विनियोजन,कुन शिर्षकमा कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७८ अषाढ १०, बिहिबार (४ साल अघि)
  • ५७ पटक पढिएको
Post Thumbnail

असार १०, धुनिवेशी । धादिङ धुनिवेशी नगरपालिकाले आर्थिक बर्ष २०७८/७९ को निति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बिहीबार नगर सभा मार्फत उपप्रमुख निरु खरेलले आन्तरिक आयआर्जनसँगै अन्तर सरकारी वित्तीय हस्तान्तरण,केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँड तथा विविध कोष तथा आयबाट स्रोत व्यवस्थापन गर्ने गरी नगरको आर्थिक वर्षको बजेट विनियोजन गरेकी हुन् । नगरपालिकाले जम्मा ७७ करोड २५ लाख २८ हजार ७ सय रुपैयाँको राजश्व तथा व्ययको अनुमान प्रस्तुत गरेको छ ।

प्रस्तुत बजेटमा राजस्वतर्फ २१ करोड ९० लाख ८३ हजार ५ सय ५८, आन्तरिक स्रोततर्फ ८ करोड ८४ लाख ९४ हजार, एकिकृत सम्पत्ती कर २५ करोड, ब्यबसाय कर ५ करोड ६८ लाख २२ हजार क्रमशः रहने नगरपालिकाले प्रक्षेपण गरेको छ ।

गत आर्थिक बर्ष २०७७र७८ को नगद मौज्दात ११ करोड ७९ लाख ७५ हजार १ सय ४२ रहेको छ । संघिय सरकार अन्तर्गत समानिकरण अनुदानमा १६ करोड २० लाख, शसर्त अनुदान चालु तर्फ १७ करोड ४८ लाख, शसर्त अनुदान पुँजीगततर्फ २८ करोड, बिषेश अनुदान चालुतर्फ ८३ करोड, प्रदेश सरकार तर्फ ६ करोड २६ लाख ७० हजार चालु आर्थिक बर्ष २०७८/७९ को अनुमानित आय रहेको छ ।

यो पनि हेर्नुहोस् :

धादिङ थाक्रे गाउँपालिकाको बजेट ८१ करोड ६ लाख, कुन शिर्षकमा कति बिनियोजन ?

नगरपालिकाले आजै नगर सभामार्फत पारित गरेको आर्थिक वर्षको नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि यस पटक बजेटको मुख्य प्राथमिकताका क्षेत्रहरुमा स्वास्थ्य क्षेत्र,कृषि,शिक्षा,रोजगारी,पर्यटन पूर्वाधार,उद्योग तथा वाणिज्य,सूचना तथा प्रविधिसँगै युवा तथा खेलकुद क्षेत्रको विकास र निजी क्षेत्रको विकासको समेत लक्ष्य राखेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस