असार १०, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी गठबन्धन अवसरवादी नभएको बताएका छन् । विपक्षी ५ दलले गरेको पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धनको आयु छोटो नभएको दाबी गरेका हुन् ।
उनले प्रधानमन्त्री बनाउन र हटाउनका लागि मात्रै गठबन्धन नबनेको जिकिर समेत गरे । गठबन्धन चुनाव सम्म र त्यो भन्दा पनि पछि सम्मै टिकाउनका लागि सैद्धान्तिक सहमति भएको उनले बताए ।